थप ७ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण १९, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन १९,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार नौ सय २६ जनाको नमुना परीक्षण गर्दा सात सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा तीन सय २४ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको ज्यान गएको छ । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६ सय दुई छ ।

२४ घण्टामा ४७ हजार तीन सय ४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस